जिल्ला अदालत परिसरमा गोली चलाए अंश मुद्दाका झगडियाले

परासी, २३ जेठ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर जिल्ला अदालत परिसरभित्रै गोली प्रहार गरेका छन् ।
नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलाई हर्षराम फरार भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले अदालत परिसरमा गोली चलेको पुष्टि गर्दै गोली भने कसैलाई पनि लाग्न नपाएको बताए ।
प्रहरीका अनुसार अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया