थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

काठमाण्डौ –
पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार सात सय पाँच जनाको नमुना परीक्षण गर्दा आठ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा चार सय १४ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ ।
तपाइँको प्रतिक्रिया