पवन ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक

काठमाण्ठौं, माघ २१ । पवन ओलीको नयाँ गीत ‘डाली लपक्कै’ सार्वजनिक भएको छ। अमेरिका बसेरै दोहोरी क्षेत्रमा निरन्तर सक्रिय पवन ओलीको शब्द संगीत रहेको सार्वजनिक गीतमा स्वर ओली र गायिका सान्तिश्री परिवारको स्वर सुन्न सकिन्छ। गीतलाई आशिस अविरलले एरेन्ज गरेका हुन्। गायक ओलीका यस अघिका बुटुवल बसपार्क ,धानै कुट्ने ढिकी ,माछी बस्यो ,खोलिमा पानि लगायतका गीतहरु चर्चित छन्।
मौशम हिमालीको कोरियोग्राफी र निर्देशन रहेको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ। सार्वजनिक गीतलाई निकै सुन्दर तरिकाले निर्माण गरिएको छ। लोक शैलीको गीतलाई नवराज उप्रेतीले खिचेका हुन्। म्युजिक भिडियोमा बिमला तामांगको मेकअप र मिलन बिस्वकर्माको सम्पादन देख्न सकिन्छ।
https://www.youtube.com/watch?v=T_1oFbTpJcw
तपाइँको प्रतिक्रिया