मध्यविन्दु नगरपालिकाभित्र कतै करेन्ट लागेर कतै सर्पले डसेर मृत्यु

गैँडाकोट, १७ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१२ बेल्हानीमा करेन्ट लागेर ५८ वर्षका उजि कुमालको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार, गएराति घरको छत सफा गर्ने क्रममा बिजुलीको तारमा छुन गई करेन्ट लागेका कुमालको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
घाइते कुमाललाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएको थियो । उपचारको क्रममा राति १० बजे कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सर्पले डसेर मृत्यु
मध्यबिन्दु नगरपालिका–६, टाँडी बस्ने कृष्ण कुमालका ६ वर्षीय छोरा सजल कुमालको सर्पले डसेर मृत्यु भएको छ । घर नजिकै खेल्ने क्रममा सर्पले डसेपछि ती बालकलाई उपचारको लागि मध्यबिन्दु जिल्ला अस्पताल डण्डा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई भरतपुर अस्पताल लगिएको र उपचारकै क्रममा बिहीबार राति उनको मृत्यु भएका प्रहरीको भनाइ छ ।
तपाइँको प्रतिक्रिया