देवचुलीको रजहरबाट लागूऔषधसहित एक जना पक्राउ

देवचुली, २५ साउन । देवचुली नगरपालिकाको रजहर ईलाका प्रहरी कार्यालय अगाडि एक जनालाई लागूऔषधसहित पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय रजहरका प्रहरी सहायक निरीक्षक कृष्णकान्त न्यौपानेको कमाण्डमा खटिएको टोलीले तनहुँ जिल्ला भानु नगरपालिका वडा नं. २ बस्ने ३१ बर्षीय ईन्द्रबहादुर बाचे मगरलाई पक्राउ गरेको हो ।
पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट आउँदै गरेको ग १४ प ६५०८ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा उनलाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगरको साथबाट नुर्फिन ३३ एम्पुल, प्रोमेथाजाईन ३२ एम्पुल र डाईजोपाम ३३ एम्पुल बरामद गरिएको प्रहरी कार्यालयले जानकारी दिएको छ । मगरलाई ईलाका प्रहरी कार्यालय रजहरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया