देशैभर विषादीको प्रयोगको अवस्था डरलाग्दो

बढी उत्पादन लिन र हेर्दा राम्रो देखाउन तरकारी, फलफूल र धानखेतीमा विषादी हालिन्छ । त्यही प्रतिस्पर्धामा विषादीको प्रयोग अत्यधिक भएको छ । देशैभर विषादीको प्रयोगको अवस्था डरलाग्दो छ । धेरै वा थोरै यसको प्रयोग सबै ठाउँमा नै हुन्छ । विषादीले मन्द विषको रुपमा काम गरिरहेको हुन्छ । हामीले आफ्नै आयु घटाइरहेका हुन्छौं । त्यसकारण यसको प्रयोग घटाउँदै जान जरुरी छ । स्वास्थ्यलाई प्रतिकूल असर पर्ने रासायनिक विषादी आयात गर्न नेपालबाट वार्षिक ६० करोड रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको छ । सरकारले तरकारी तथा फलफूलमा प्रयोग गर्ने विषादी आयातमा कडाइ गरे पनि विभिन्न तवरबाट विषादी आयात भइरहेको छ । यसलाई कडाइका साथ रोक्न आवश्यक देखिन्छ ।
तपाइँको प्रतिक्रिया