हुप्सेकोटमा चुनावी प्रचार तीब्र, घरदैलो अभियान जारी

नवलपरासी (बसुपू), २० वैशाख । स्थानीय तह निर्वाचनको लागि मतदानको मिति नजिकिएसँगै उम्मेदवारहरुले प्रचारप्रसारलाई तीव्र रुपमा अगाडि बढाएका छन् । उनीहरुले घरदैलो अभियानलाई पनि तिव्रता दिएका छन् ।
हुप्सेकोट गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले पनि घरदैलो अभियानलाई तिव्र रुपमा अगाडि बढाएका छन् ।
गाउँपालिका अध्यक्ष उम्मेदवार लक्ष्मीदेवी पाण्डेले समृद्ध हुप्सेकोट बनाउन बाँकी रहेका योजनालाई पूरा गर्दै जनभावना अनुसार अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, बाटो निर्माणदेखि महिला बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुको अधिकार संरक्षण गर्दै सशक्तिकरण गर्ने, सेवा प्रवाहलाई छिटोछरितो गर्ने लगायतका प्रतिवद्धता जनाएकी छिन् ।
गाउँपालिका अध्यक्ष उम्मेदवार पाण्डे, उपाध्यक्ष पदका उम्मेदवार पूर्णसिं रानासहितको समूहले वडा नम्बर २ का विभिन्न क्षेत्रमा घरदैलो गरेको छ । समृद्ध हुप्सेकोट बनाउनका लागि मतदातासँग आग्रह गर्दै मत मागेको उपाध्यक्षका उम्मेदवार रानाले बताए ।
तपाइँको प्रतिक्रिया