नेपाली कथानक चलचित्र ‘हिँड्दा–हिँड्दै’ प्याक अप

काठमाडौं, २७ असार । नेपाली कथानक चलचित्र ‘हिँड्दा हिँड्दै’ को छायांकन समापन भएको छ । सुशील पंगेनीको लेखन र निर्माण रहेको चलचित्रको कथाअनुसार तीन चरणमा छायांकन गरिएको बताइएको छ ।
मिलन आले मगर निर्देशित चलचित्रमा आकाश श्रेष्ठ, सलोन बस्नेत, सानीया खान, विमल श्रेष्ठ, विशाल श्रेष्ठ, विकास थापा मगर, ममता पौडेल, बालकलाकार अर्विन थिङका साथमा नवप्रस्तुति रेखा शाह मुख्य भूमिकामा छन् ।
नारायण सुशील पंगेनी इन्टरटेन्मेन्ट र विमल श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा राजकुमार थिङ र केबी सुब्बा छन् । प्रमोदकुमार तामाङ र महादेव साह सहनिर्माता रहेको चलचित्र लीलामान तण्डुकारले खिचेका हुन् ।
चलचित्रका गीतमा तारा प्रकाश लिम्बू र किरण माइकल घिमिरेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व निर्देशन छ । आरआर फिल्मस्ले वितरण गर्ने चलचित्र मनोरञ्जनले भरपुर रहेको दाबी निर्देशक आलेको छ । पोस्ट प्रोडक्सन कार्यमा जुटिसकेको चलचित्रको फस्र्टलुक र प्रदर्शन मिति केही समयमै सार्वजनिक गर्ने जानकारी निर्माता पंगेनीले दिएका छन् ।
तपाइँको प्रतिक्रिया