फिलिपिन्समा आगलागीबाट ८ जनाको मृत्यु

मनिला, १९ वैशाख । फिलिपिन्सको राजधानी मनिलामा एक घरमा आगलागी हुँदा ६ बालबालिका सहित ८ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान ५ बजे लागेको आगोले ८० घर जलाएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन् ।
फिलिपिन्सको एक विश्वविद्यालयको दोस्रो तलाबाट आगो लागेको र आगलागीको कारण थाहा हुन नसकेको बताइएको छ । त्यहाँको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले आगलागी २ घण्टामा नियन्त्रणमा आएको जनाएको छ ।
तपाइँको प्रतिक्रिया