गैँडाकोटमा चट्याङ लाग्दा दुई महिला घाईते

गैँडाकोट, १० बैशाख ।
गैँडाकोट नगरपालिका वडा नं ३ मा चट्याङ लागेर दुई महिला घाइते भएका छन् । शुक्रबार साझ ६ः ४५ बजेको समयमा परेको चट्याङ लागेर गैँडाकोट ३ हर्दी बस्ने ४६ बर्षिय सन्तमाया गुरुङ र ५२ बर्षिय विष्णुमाया सिंजारी घाइते भएका हुन् । उनिहरुको भरतपुर अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक सन्तोष पाठकले जानकारी दिनु भयो । उनिहरुको अवस्था सामन्य हुदै गैरहेकोे प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया