गैँडाकोट नगरपालिकामा एमालेबाट वडाध्यक्षको लागि ८ जनाको उम्मेदवारी दर्ता

गैँडाकोट, १२ बैशाख ।
गैँडाकोट नगरपालिकामा सोमबार नेकपा एमालेबाट वडाध्यक्षको लागि अहिलेसम्म ८ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेबाट वडाध्यक्षमा गैँडाकोट वडा नं १ बाट ध्रुव प्रसाद अधिकारीको मनोनयन दर्ता भएको छ ।
वडा नं २ बाट देशबन्धु सिग्देल, वडा नं ४ बाट दिनेशराज न्यौपाने, वडा नं ५ बाट नवराज कंडेल, वडा नं ६ बाट सुवास चापागाई, वडा नं ८ बाट नरबहादुर थापा, वडा नं ९ बाट नेत्रराज सापकोटा र वडा नं १२ बाट चक्रपाणी कंडेलले वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराउनु भएको छ ।
तपाइँको प्रतिक्रिया