Search
Close this search box.

गैँडाकोटमा एमाले र राप्रपाको तालमेल, उपमेयरमा पौडेलको उम्मेदवारी

गैँडाकोट, १२ बैशाख।

गैँडाकोट नगरपालिकामा उपमेयर पदका लागि तुलाराम पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको छ । नेकपा एमाले र राप्रपा विच तालमेल भएपछि पौडेलले उपमेयरमा उम्मेदवारी दर्ता गराउनु भएको हो । पौडेल राप्रपाका नेता हुनुहुन्छ । गैँडाकोट नगरपालिकामा नेकपा एमाले र राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) विच आइतबार भएको छलफलपछि दुई दलविच चुनावी तालमेल गर्ने सहमती भएको थियो ।

गैँडाकोटको मेयरमा एमाले उमेदवार छत्रराज पौडेललाइ राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उमेदवार तुलाराम पौडेललाइ एमालेले सहयोग गर्ने सहमति भएको नेकपा एमाले नवलपुरले जनाएको छ । नगरपालिकाको मेयर पदका लागि एमालेका छत्रराज पौडेलले उम्मेदवारी दर्ता गराईसक्नु भएको छ ।

Share:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचारहरू

किसानको समस्याको समाधानका लागि भन्दै नवलपुरका दुग्ध सहकारीको बिशेष भेला सम्पन्न

पञ्चशील महाबौद्ध गुम्बाको एक हप्ते कङ्ग्युर (त्रिपिटक) पाठ वाचन सम्पन्न

रत्न राज्य लक्ष्मी मा.वि. गैंडाकोट १० मा ब्यवहारिक अभ्यास ओजेटिको अन्तिम मुल्याङ्गकन सम्पन्न

विश्व कप खेल्ने खेलाडीको खोजी गर्न लिग क्रिकेट प्रतियोगिता : प्रमुख रेनु दाहाल  

पञ्चशील महाबौद्ध गुम्बा शरदपुरमा यहि फाल्गुन ५ शनिबारदेखि त्रिपिटक (कंग्युर) पाठ बाचन हुँदै

नेपाल मगर संघ, गैंडाकोटको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३१ ज्नाले गरे रक्तदान