गैँडाकोट नगरपालिकामा वडाध्यक्ष पदका लागि ६ जनाको स्वतन्त्र उम्मेदवारी

गैँडाकोट, १२ बैशाख ।
गैँडाकोट नगरपालिकामा वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारको रुपमा अहिले सम्म ६ जनाको उम्मेदवारी परेको छ । बडा नं ६ बाट स्वतन्त्र रुपमा २ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलबहादुर थापा र लालसिङ मल्लले उम्मेदवारी दर्ता गराएका हुन् ।
बडा नं १६ बाट पनि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । गोवर्धन ज्ञवाली र नन्दराम सापकोटाको उम्मेदवारी परेको हो । वडा नं ८ बाट मणिरत्न पौडेल, वडा नं १० बाट रुद्र प्रसाद अधिकारीले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
तपाइँको प्रतिक्रिया