घरदैलोमा स्थानीय मुद्दा उठाउँदै गैंडाकोटका एमाले उम्मेद्वारहरु

गैंडाकोट, २१ बैशाख ।
गैंडाकोट नगरपालिकाका एमाले उम्मेदवारहरुले स्थानीय मुद्दा उठाएर घरदैलो कार्यक्रम गरेका छन् । उनिहरूले सुकुम्बासी समस्या, खानेपानी, पुल पुलेसा, कुलो, शिक्षा र स्वास्थ्य लगायतका स्थानीय मुद्दाहरुलाई चुनाव प्रचार–प्रसारको विषय बनाएका छन् । नगरका विभिन्न विकास र निर्माणमा आफुहरुले गरेका कामहरुबारे मतदाताहरुलाई जानकारी पनि दिएका थिए । उनिहरुले नगरको वडा नं ११ मा घरदैलो कार्यक्रम पछि कोणसभाको आयोजना गरि स्थानियहरुलाई यस्तो जानकारी दिएका हुन ।
कोणसभा कार्यक्रममा एमालेका तर्पmबाट गैंडाकोट नगरपालिकाका मेयर पदका उम्मेदवार छत्रराज पौडेलले आफूले स्थानीय सरकारको नेतृत्व गरिरहँदा विगतमा धेरै वडाहरुमा बोरिङहरू सञ्चालन गरि खेतीयोग्य जमीनहरुमा सिँचाइको व्यवस्था मिलाएका कारण अहिले जताततै हरियाली देखिएको बताउनुभयो । आफ्नै नेतृत्वमा पितौंजीमा नगर अस्पतालको स्थापना गरी त्यसलाई प्रादेशिक अस्पतालमा स्तरोन्नती गरिने प्रयास भइरहेको बताउनुभयो । नगरमा एमालेको अल्पमतको सरकार हुँदा कांग्रेसले विकास निर्माणका धेरै कामहरुमा अवरोध ल्याएकोले भनेजस्तो सुधारका काम गर्न नपाएकोले आसन्न निर्वाचनमा एमालेलाई बहुमत हुनेगरी जिताउन र नगरमा विकास निर्माणका ढोका खोल्न मतदाताहरुमा आग्रह गर्नुभयो ।
नेकपा एमाले नवलपुरका सहइन्चार्ज यमुनाथ आचार्यले सत्यनारायण खनाल र हरिलाल गौतम जस्ता नेपाली कांग्रेसका स्थानिय नेताहरुले जिल्लाको सुकुम्वासी आयोगको अध्यक्ष बन्दा समेत यहाँका सुकुम्बासीहरुको समस्या सामाधान नगरेको, बरु उल्टै सुकुम्बासीहरुले जोतभोग गर्दै आएका जग्गाहरुलाई खोसेर जिमिनदारहरुका नाममा दर्ता गराइदिएको आरोप लगाउनु भयो । तर सुकुम्बासीहरुको यो समस्या नेकपा एमालेको सरकार बनेपछि सदाको लागि समाप्त हुने समाधान गरिने नेता आचार्यको भनाई थियो ।
कार्यक्रममा राप्रपाका तर्पmबाट उपमेयरका उम्मेदवार तुलाराम पौडेलले बिगतमा स्थानिय सरकार अल्पमतमा हुँदा प्रतिपक्षीहरुले जनताका आवश्यकताहरु परिपुर्ती गर्ने गरि ल्याईएका सुधारका योजनाहरुमा अवरोध सिर्जना भएकाले यसपटक स्पष्ट बहुमत पुग्नेगरि जिताउन आग्रह गर्नुभयो ।
यस अघि पनि वडाध्यक्षमा निर्वाचित वडा नम्बर ११ का वडा अध्यक्ष पदका उम्मेदवार गोविन्दप्रसाद सुवेदीले कार्यक्रममा बोल्दै बर्षौदेखि अध्यारोमा बसेका यहाँका जनताहरु आफु निर्वाचित भएर आएको ६ दिन भित्रै बिजुली बाल्न पाएको स्मरण गराउनु भयो । उहाँले खानेपानी, शिक्षा तथा स्वास्थ्य लगायतका अनगिन्ती क्षेत्रहरुमा उल्लेखनिय सुधार गर्दै वडालाई केही हदसम्म भएपनि आत्मनिर्भर बनाएको बताउनुभयो । तर अव निर्वाचित भएमा यहाँको बिकासले तिब्रता लिने उहाँको भनाई थियो ।
तपाइँको प्रतिक्रिया