गैँडाकोटमा रोकिइराखेको ट्रकमुनि सुत्दा मृत्यु भएका पुरुषको सनाखत

गैँडाकोट, २८ वैशाख । गैँडाकोटमा रोकिएको ट्रकमुनि सुतिरहेको अवस्थामा ट्रकले किचेर मृत्यु भएका पुरुषको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायब उपरिक्षक सन्तोष पाठकका अनुसार गैँडाकोट नगरपालिका वडा नम्बर ५ बस्ने नवराज रेग्मीको ट्रकले किचेर मृत्यु भएको हो ।
गैँडाकोट–२ भृकुटीचोकमा राजमार्ग छेउमा रोकिइराखेको ना ३ ख १८९ नम्बरको ट्रकमुनि सुतिरहेका रेग्मीलाई ट्रकको पछाडिको पांग्राले किचेको प्रहरी नायब उपरिक्षक पाठकले जानकारी दिनुभयो । रेग्मीको शव अहिले भरतपुर अस्पतालमा राखिएको छ । घटनाको बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।
तपाइँको प्रतिक्रिया