गैंडाकोट नगरपालिकाले विद्यालयलाई गाभेर भए पनि गुणस्तरीय शिक्षा दिने

गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले आवश्यकता परेको खण्डमा विद्यालयलाई गाभेर भएपनि गुणस्तरीय शिक्षा दिने बताउनुभएको छ । सोमबार गैंडाकोट ५ मा रहेको सरस्वति आधारभुत विद्यालयमा आयोजित शैक्षिक समाग्री वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नगर प्रमुख अधिकारीले विद्यालयको शैक्षिक गुणस्तर बृद्वि र विद्यालयलाई नमुना विद्यालयको रुपमा स्थापित गर्न केही विद्यालयहरु गाभ्ने कार्यक्रम रहेको पनि बताउनुभयो । उहाँले सो अवसरमा सो विद्यालयलाई नमुना मन्टेश्वरीको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । मानविय मूल्य र मान्यतासँग जोडिएका क्रियाकलापमा जोड दिन पनि नगर प्रमुख अधिकारीले सबैलाई आग्रह गर्नु भयो ।
यसैविच सोही अवसरमा विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहनुभएका गैंडाकोट वडा नम्बर ५ का शालिकराम घिमिरेले आफ्नो ५६ औ जन्म दिवसका विपन्न र अभिभावक बिहिन विद्यार्थीलाई स्टेसनरी सामाग्री प्रदान गर्नुभयो । सरस्वती आधारभुत विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष समेत रहेका घिमिरेले ८० जना भन्दा बढि बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नुभएको थियो । जन्म दिनको अवसरमा हुने खर्चलाई सामाजिक कार्यमा लगाउनका लागि आफुले गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक समग्री वितरण गरेको अध्यक्ष घिमिरेले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक गौरिश्वर शर्माले स्वागत मन्तव्य दिनुभएको सो कार्यक्रममा गैंडाकोट ५ का वडा अध्यक्ष रत्न प्रसाद सापकोटा लगाएत अन्य समाजसेविहरुको उपस्थिति रहेको थियो । सरस्वती आधारभुत बिद्यालयका ब्यबस्थापन समिती अध्यक्ष केशब प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गोबिन्द घिमिरेले गर्नु भएको थियो ।
तपाइँको प्रतिक्रिया