गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न

गैँडाकोट, २१ माघ । गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १६ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सस्थांको सभाहलमा भएको कार्यक्रममा प्रमुख अतिथी गैडाकोट नगरपालीकाका नगर प्रमुख मदनभत्त अधिकारीले स्वच्छ पानी स्वस्थ्य जिवन भन्ने नारालाई आत्मसाथ गदै अगाडि बढेरहेको र उपभोक्तालाई स्वच्छ पानी उपलब्ध गराउन घाम पानी नभनी अहोरात्र खटेकोमा सस्थालाई धन्यबाद दिनुभयो । कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले सस्थाले पाईपलाईन राख्दा करिब २ /३ किलो मिटरको अन्र्तरमा दमकलको लागी पानी तान्ने भल्ब राख्न आग्रह गर्नुभयो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले सस्थाको १६ आ ैंसाधारण सभामा आई पुग्दा करिब २५० कि.मी. पाईप लाईन बिस्तार गरी करिब ६३०० घरधुरिलाई पानी बितरण गरी ७०००० जनसंख्या लाई प्रत्यक्ष शुलभ शुल्कमा खानेपानी बितरण गर्दै आईरहेको बताउनु भयो । उहाँले सस्थाको कार्यक्षेत्र भित्रको जनसंख्या र बस्ति बृद्दि सँगै भुमिगत पानीको स्रोतमात्रै नभई अन्य बैकल्पिक स्रोतको पानी उपभोक्तामा ल्याउनु पर्ने चुनौती पनि रहेको मुकुन्दसेन टेलिभीजनलाई जानकारी दिनुभयो ।
कार्यक्रममा उपभोक्ताको तर्फबाट इन्द्रराज ज्योति पौंडेल र तारादेबि शर्मा,सस्थाका सल्लाहकार रोशनभत्त अधिकारी ,जय श्री बनका अध्यक्ष टोलनाथ धिमिरे , नेकपा एमाले गैंडाकोट नगर अध्यक्ष षडानन्द लामिछाने , नेपाली कांग्रेस गैंडाकोट नगर सभापति बद्रि सापकोटा , वडा नम्बर ४ का वडाअध्यक्ष तेज प्रसाद घिमिरे लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा संस्थाका निबर्तमान कार्यसमितीलाई सम्मान गरिएको र कर्मचारी मध्येबाट एक जना कर्मचारीलाई उत्कृष्ठ कर्मचारीको रुपमा सम्मान गरिएको सस्थाका ब्यबस्थापक रविन्द्रराज धिमिरेले बताउनुभयो ।
साधारणसभामा सचिव केशव राज शर्माले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको प्रगति एवं प्रस्तावित प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष श्रीराम सुबेदीले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा लेखा तथा सुपरिवेक्षक समितिको प्रतिवेदन समितिका संयोजक सुनिता लम्सालले प्रस्तुत गर्नुभएको थियो ।
गैंडाकोट पम्पिङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष कृष्ण सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिव केशबराज शर्माले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया