भ्रष्टाचार प्रमाणित गर्न गैँडाकोट नगरपालिका मेयरका उम्मेदवार पौडेलको चुनौती

गैंडाकोट, २४ वैशाख ।
नेकपा एमालेबाट गैंडाकोट नगरपालिकका उम्मेदवार पदका उम्मेदवार एवं पूर्व मेयर छत्रराज पौडलले भष्ट्राचार गरेको प्रमाणीत गर्न चुनौती दिनुभएको छ । शनिबार वडा नं १४ मा आयोजित कोणसभामा बोल्दै पौडेलले भ्रष्टाचार गरेको प्रमाणित भए मेयर पदको उम्मेद्वारी छोड्न तयार रहेको बताउनु भएको हो ।कोभिडको अव्ठ्यारो परिस्थीतिमा पनि जनताको काममा निरन्तर लागेको भन्दै पौडेलले विपक्षी मित्रहरुले नगरपालिकाको ढोकामा ताला लगाएको आरोप लगाउनु भयो । उहाँले नेपाली काग्रेसले देखेको सपना नेकपा एमालेले पुरा गरेको दावी गर्नु भयो ।
उहाँले भन्नु भयो – ‘१५ वर्ष देखि सांसद सशांक कोइरालाले देख्नुभएको नगर अस्पतालको सपना हामीले पुरा गर्यौँ । । नगरका कयौं वडाहरु अंधकार थिए, हामीले १८ वटै वडामा बिजुली पुर्यायौँ । धान, मकै, च्याउ, बेसार लगायतका कृषिजन्य उत्पादनमा नगर आत्मनिर्भर उन्मुख छ । वडा वडामा स्वास्थ्य चौकी बनाएर ६५ प्रकारका औषधीहरु निशुल्क वितरण गरेका छौं । नगरका धेरै ठाउँमा पक्की सडक पुर्यायौँ। यस्ता अनेकौं कामहरु सम्पन्न भएपछि नगरमा हाम्रो लोकप्रियता देखिने गरि बढेको छ । हाम्रो लोकप्रियताले अब नगरमा हाम्रो जित सुनिश्चित भएपछि उहाँहरु बिचलित हुनुभएको छ र जनतामा हुँदैन नभएको कुराले भ्रम सिर्जना गर्ने असफल प्रयास गर्दै हुनुहुन्छ।”
तपाइँको प्रतिक्रिया