सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

सामान अभावको कारण देखाउँदै सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया बन्द

  •  | ४ श्रावण २०७९, बुधबार १३:२५ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाडौँ, ४ साउन । मुटुको शल्यक्रिया गर्दा मुटु र फोक्सोको काम कृत्रिम रूपमा सञ्चालन गर्नुपर्छ । यसका लागि ‘अक्सिजेनेटर’ ले सहयोग गर्छ । यसले रगतमा भएको कार्बनडाइअक्साइड हटाएर अक्सिजन हाल्ने काम गर्छ । यो उपकरण एक पटकमा एक जना बिरामीलाई मात्र प्रयोग गर्न सकिन्छ । यसको मूल्य ४० देखि ५० हजारसम्म पर्छ, जसको भुक्तानी बिरामीले स्वयंले गर्नुपर्छ ।

    यही अक्सिजेनेरेटर अभावको कारण देखाउँदै सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया बन्द भएको छ । मुटुको शल्यक्रियामा अत्यावश्यक ‘अक्सिजेनेटर’ सकिएपछि अस्पतालले बेलैमा त्यसको व्यवस्था नगर्दा मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाइएको छ । उपकरण सकिन थालेको जान्दा जान्दै पनि अस्पताल व्यवस्थापनले एक महिनाअघि मात्रै खरिद प्रक्रिया सुरु गरेको थियो । हस्पिटेक इन्टरप्राइजेजमार्फत इटालीको सोरिन कम्पनीबाट १ हजार ५ सय ४६ वटा ल्याउने सम्झौता भए पनि त्यो कहिले आउने हो, निश्चित छैन ।

    अस्पतालले २०७६/७७ र २०७७/७८ मा कोभिड महामारीका कारण शल्यक्रिया गराउने संख्यामा उल्लेख्य कमी आएको भन्दै ‘अक्सिजेनेटर’ खरिदमा चासो दिएको थिएन । गंगालालमा दैनिक ७ देखि ८ जनाको शल्यक्रिया हुन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार गंगालालमा शल्यक्रिया सेवा रोकिएपछि स्वास्थ्यमन्त्री, सचिव, नीति योजना महाशाखा प्रमुखलगायत बीच छलफल भएको थियो । तर, छलफलले कुनै निष्कर्ष निकालेन ।

    गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीले युक्रेन–रुस युद्धले कच्चा पदार्थ अभावका कारण उत्पादनमा कमी आएकाले समयमै ‘अक्सिजेनेटर’ ल्याउन नसकेको दाबी गरे । ‘नेपालमा मात्र नभई भारतमा पनि अभावका कारण अपरेसन प्रभावित बनेको छ,’ उनले भने । तर यति संवेदनशील शल्यक्रियासँग जोडिएको उपकरण ल्याउन एक महिनाअघि मात्रै प्रक्रिया किन अघि बढाइयो भन्नेमा अस्पताल प्रशासनले ठोस जवाफ दिन सकेन ।

    ‘अक्सिजेनेटर’ अभावकै कारण शल्यक्रिया रोकिएपछि बिरामीहरू मर्कामा परेका छन् । बुटवलका ५७ वर्षीय भूमराज ढकाल वैशाखमा अस्पताल आएका थिए । मिति सर्दासर्दै मंगलबार शल्यक्रिया तोकिएको थियो । यसकै लागि उनलाई भर्ना गरेर प्रि–सर्जिकल वार्डमा राखिएको थियो । ‘५–७ पटक धाएपछि बल्लतल्ल पालो आयो भनेर दंग परेका थियौं,’ श्रीमतीले सुनाइन्, ‘एक्कासि डिस्चार्ज गरेर एक महिनापछि आउनु भनेर पठाइदिए ।’ उनका अनुसार समयमा शल्यक्रिया गर्न नसक्दा ढकाललाई दुई पटक हृदयाघात भइसकेको छ ।

    भरतपुर अस्पतालबाट रेफर भएका बागलुङका ७५ वर्षीय बलिभद्र गौतमले मंगलबार शल्यक्रिया गर्न सोमबार साँझदेखि पेट खाली राखेका थिए । रगत दिन दाता पनि तयार पारिसकेका थिए । तर, अस्पतालले शल्यक्रिया नहुने बताएपछि उनी निराश भएर फर्केका छन् । समयमा शल्यक्रिया नहुँदा बेलाबेला श्वासप्रश्वास रोकिने समस्या रहेको उनले बताए । ‘उकालो चढ्नै हुँदैन, स्वाँस्वाँ आइहाल्छ,’ उनले भने ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.