गैँडाकोटका गोविन्दराज विनोदीसहित तीन जनालाई त्रिमूर्ति पुरस्कार

गैँडाकोट, २५ वैशाख । त्रिमूर्ति निकेतनले २०७८ सालको लेखनाथ काव्य पुरस्कार गैँडाकोटवासी छन्देली कवि तथा महाकाव्यकार गोविन्दराज विनोदीलाई प्रदान गर्ने निर्णय गरेको छ । त्रिमूर्ति निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा शनिबार बसेको निकेतनको बैठकले सो निर्णय गरेको हो ।
संस्थाले यस वर्षको बालकृष्ण सम पुरस्कार नाटक तथा चलचित्रकी जनप्रिय अभिनेत्री मिथिला शर्मालाई प्रदान गर्ने निर्णय गरेको त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए । देवकोटा काव्य पुरस्कार आधुनिक कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय निकेतनको पूर्व बैठकबाट भएको समेत उनले जानकारी दिए ।
ताम्रपत्रका साथ यी तीनै पुरस्कारका राशि जनही एक लाख रूपियाँ रहेका छन् ।
तपाइँको प्रतिक्रिया