सुनको मुल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २० कात्तिक । आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा १ हजार ४ सय रुपैयाँले बढेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा ५० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइँको प्रतिक्रिया