बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, २७ कात्तिक । आइतबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।
शुक्रबार प्रतितोला ९६ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ३ रुपैयाँमा कारोबार भैरहेको छ।
आज तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी तोलामा ५ रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाइँको प्रतिक्रिया