सुनको मूल्यले लाख छोयो !

काठमाडौं, १९ मंसिर
सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार नौ सय पुगेको छ । अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु चार सयले बढेको हो ।
आइतबार सुन प्रतितोला रु ९९ हजार पाँच सयमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार चार सय छ ।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु १५ले बढेर रु एक हजार तीन सय ८५ पुगेको महासङ्घले जनाएको छ ।
तपाइँको प्रतिक्रिया