सुनको मूल्य प्रतितोला एक लाख नाघ्यो

काठमाडौं, २३ मंसिर
नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख नाघेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ।
आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोलामा ३० रुपैयाँले बढेर एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।
तपाइँको प्रतिक्रिया