सुनको मुल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २६ जेठ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको भाउ बिहीबार ५ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँ कायम भएको हो ।
तेजाबी सुनको मूल्य भने प्रतितोला ९७ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ ।
त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया