सुनको मुल्य घट्यो, कति पुग्यो तोलामा ?

काठमाडौँ, २४ जेठ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर मंगलबार ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य तोलाको ९७ हजार रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । सोमबार तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार तोलामा १५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
तपाइँको प्रतिक्रिया