जापानका पूर्वप्रधानमन्त्री आवेमाथि गोली प्रहार

काठमाडौं, २४ असार । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ । शुक्रबार बिहान साढे ११ बजे नारा सिटीमा स्ट्रिटमा स्पिच दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो ।
गोली लागेपछि उनी ढलेका थिए। उनी ढलेको ठाउँमा रगत देखिएको थियो। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ। आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ ।
उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन् । प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ । विस्तृत विवरण आउन बाँकी छ । एजेन्सी
तपाइँको प्रतिक्रिया