इरानमा बाढी : ५९ जनाको मृत्य, ३० जना बेपत्ता

एजेन्सी/इरानमा अघिल्लो सातादेखि परेको अविरल वर्षासँगै आएको बाढीमा ५९ जनाको ज्यान गएको छ भने अन्य ३० जना हराइरहेका छन् । रेड क्रिसेन्ट सोसाइटीका अनुसार ६० वटा सहर, पाँच सय १६ गाउँ, ८५ वटा सम्पर्क सडक बाढीबाट प्रभावित भएका छन् ।
हालसम्म एक हजार तीन सय ३२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको, पाँच हजार दुई सय १५ जनालाई खाना र बासको प्रबन्ध गरिएको, नौ सय ४४ जनालाई उद्धार गरिएको बताइएको छ ।
राष्ट्रपति इब्राहिम राइसीले मन्त्री, देशभरका संघसंगठनका प्रमुख तथा मुलुकका अन्य प्रशासकहरूलाई सम्भावित बाढीबाट जनधनको रक्षाका निम्ति उपलब्ध स्रोतसाधन परिचालन गर्न निर्देशन दिएका छन् ।
तपाइँको प्रतिक्रिया