देशभर मनाइयो रक्षाबन्धन र जनै पूर्णिमा

काठमाडौं, २७ साउन । शुक्रबार श्रावण शुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा (ऋषितर्पणी) मनाइएको छ । शुक्रबार रक्षाबन्धन पनि हो । यस दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ ।
सूर्योदयभन्दा अगाडि उठेर स्नान गर्ने अनि वेदमन्त्रद्वारा अभिमन्त्रित यज्ञोपवित जनैं र रक्षासूत्र आफूभन्दा ठूला व्यक्ति र आचार्यको हातबाट लगाउने चलन रहेको छ । पूर्णिमा भएकाले यस दिनलाई शुभ मानिन्छ ।
जनैपूर्णिमा र रक्षाबन्धन पर्व देशभर मनाइएको छ । मान्यजन र पण्डितको हातबाट जनै ग्रहण गर्ने र ताओ (रक्षाबन्धन) बाँध्ने प्रचलन रहेको छ । काठमाडौंको पशुपतिमा जनै पूर्णिमा मनाउनेहरुको ठूलो भीड लागेको थियो । गैँडाकोट, कावासोती, चितवन, रुपन्देही, पोखरालगायत देशैभर जनैपूर्णिमा मनाइएको छ ।
तपाइँको प्रतिक्रिया