अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा, शपथ ग्रहण आजै

काठमाडौँ, १५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।
बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । समितिले शर्मालाई निर्दोष ठहर गरेको प्रतिवेदन बुझाएको दुई दिनमै पुनः उनलाई अर्थमन्त्री नियुक्त गरिएको हो ।
आजै बिहान नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन भनेका थिए ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार शर्माको शपथ ग्रहण आइतबार नै ५ बजेपछि हुनेछ ।
तपाइँको प्रतिक्रिया