जापानमा गयो ५.८ म्याग्निच्युडको भूकम्प

जापान, ८ जेठ । जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको विदेशी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार सुनामीको खतरा भने देखिएको छैन । आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सूचना जारी गरिएको समाचारमा जनाइएको छ ।
उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छैन । अधिकारीहरूले सो क्षेत्रमा उद्दारकर्ताहरू खटिरहेको जनाएका छन् ।
तपाइँको प्रतिक्रिया