जसपाले पनि गर्यो मन्त्री फिर्ता बोलाउने निर्णय

काठमाडौं, १४ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा रहेका सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। सोमबार साँझ बसेको जसपाका अध्यक्ष उपेन्द्र यादव समूहको बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
बैठकमा उपेन्द्र पक्षका कार्यकारिणी सदस्यहरू मात्र सहभागि थिए। उक्त बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईका पक्षका कुनै कार्यकारिणी सदस्यलाई बोलाइएको थिएन। बैठकले सरकारमा अब कसलाई मन्त्री बनाउने भन्ने अधिकार उपेन्द्रलाई दिने निर्णयसमेत गरेको छ ।
जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री भएका छन्।
कार्यकारिणीको बैठकमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षीय नेतालाई बोलाइएको थिएन । कार्यकारिणीमा आफ्नो बहुमत रहेको दाबी गर्दै उपेन्द्र पक्षीय बैठकले बाबुराम भट्टराई, महेन्द्र यादवसहित केही नेताहरूलाई कारबाही गर्ने अधिकार पनि उपेन्द्र यादवलाई दिएको छ
तपाइँको प्रतिक्रिया