२२ वर्षीया युवतीलाई ललाईफकाई यौनधन्दामा लगाएको आरोपमा चितवनमा होटल संचालक महिला पक्राउ

चितवन, ३ साउन । चितवनको एक होटलमा २२ वर्षीया युवतीलाई ललाईफकाई यौनधन्दामा लगाएको आरोपमा होटल संचालक महिला पक्राउ परेकी छिन् । भरतपुर महानगरपालिका वडा नम्बर १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसकी संचालक तनहुँ, पोखरीभञ्याङ–५ की ४० वर्षिया कल्पना महरा मानव बेचबिखनको अभियोगमा गत शुक्रबार पक्राउ परेकी हुन् ।
अभियुक्त कल्पनाले ती २२ वर्षीया युवतीलाई ललाईफकाई यौनकार्य गराएको हुनाले मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसारपसार मुद्दामा म्याद अनुमति लिई अभियुक्त कल्पना महरामाथि अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रिया