काठमाडौंमा एक लाख ३७ हजार ४५२ मत गणना, बालेनको मत ४७ हजार नजिक

काठमाडौँ, ९ जेठ । काठमाडौं । काठमाडौं महानगरपालिकामा एक लाख ३७ हजार ४५२ मत गणना सम्पन्न भएको छ । जसमा मेयरका स्वतन्त्र उमेदवार बालेन शाह ४६ हजार ९६६ मत पाएर अग्रस्थानमा छन् ।
दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहभन्दा बालेन १८ हजार ८२५ मतले अगाडि छन् । सिंहले २८ हजार १४१ मत प्राप्त गरेकी छिन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले २७ हजार २८६ मत पाएका छन् ।
काठमाडौँमा खसेको कुल मत संख्या १ लाख ९१ हजार १८६ रहेको छ । अझै ५३ हजारभन्दा बढी मत गणना हुन बाँकी छ ।
तपाइँको प्रतिक्रिया