काठमाडौँ महानगरपालिकामा २९ हजार २६६ मत गणना हुँदा बालेनले पाए ११ हजार ४३४ मत

काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायम राखेका छन् । साहले ११ हजार भन्दाबढी मत प्राप्त गरेका छन् ।
काठमाडौँमा २९ हजार २६६ मत गणना हुँदा बालेनले ११ हजार ४३४ प्राप्त गरेका हुन् । बालेनका निकटतम प्रतिद्ववन्द्वी नेकपा एमालेका केशव स्थापितले ६ हजार २५८ मत प्राप्त गरेका छन् । बालेन र स्थापितको मतान्तर ५ हजार १७६ रहेको छ ।
सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना सिंहले ५ हजार ४०८ मत प्राप्त गरेकी छन् ।
स्थापित र सिंहको मतान्तर ८५० रहेको छ ।
तपाइँको प्रतिक्रिया