कावासोतीमा महिलाहरुका लागि पत्रकारिता तालिम

कावासोती, २९ जेठ । नवलपुरको कावासोतीमा पत्रकार महिलाहरुका लागि दुइ दिने आधारभूत पत्रकारिता तालिम समापन भएको छ । जिल्लाभित्रका विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकार महिलाहरुका लागि क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ तालिम सुरु भएको थियो ।
पत्रकारिताको सुरुवात, नेपाली पत्रकारिताको तिहास, पत्रकारिता क्षेत्रमा महिलाहरुको सहभागिता, पत्रकारिताको बिकास, सूचना र सञ्चारको महत्व, सकारात्मक समाज परिवर्तनमा पत्रकार महिलाहरुको भूमिका, समाचार लेखनको तरिका, खोजी पत्रकारिताको मर्म, रिपोर्टिङ गर्ने तरिका, कार्यक्रम उत्पादन गर्ने तरिका लगायतका बिषयमा छलफल भैइरहेको थियो ।
तालिमको पहिलो दिन शनिबार पत्रकारिता विषयक प्राध्यापक मधुसुधन दवाडीले सहजीकरण गर्नु भएको थियो भने द्रोस्रो दिन शान्ति निकुञ्ज मा>वि। स्कुलका नेपाली शिक्षिका सावित्री वाग्लेले दिनु भएको हो । तालिममा २५ जना पुराना र प्रशिक्षार्थी पत्रकार महिलाहरुको सहभागिता रहेको छ । सामाचारमा लेख्ने शब्दहरु र शुद्धताका विषयलाई मुल आधार बनाई दोस्रो दिनको तालिम समापन भएको छ ।
तपाइँको प्रतिक्रिया