बिहेको एक सातामै किन लोग्ने छाडेर अमेरिका पुगिन् केकी अधिकारी ?

काठमाडौँ, २० वैशाख । गएको साता बिहीबार व्यवसायी रोहित तिवारीसँग विवाह गरेकी अभिनेत्री केकी अधिकारी बिहे गरेको एक सातामै लोग्ने छाडेर अमेरिका उडेकी छिन् ।
तीन साताको लागि अमेरिका उडेकी केकीको साथमा उनका लोग्ने रोहित त छैनन् तर अभिनेत्री तथा कार्यक्रम प्रस्तोता रीमा विश्वकर्मा भने छिन् । उनी ‘मेरो डान्स कप यूएसए’ नामक टीभी रियालिटी शो’को निर्णायक बन्न अमेरिका उडेको बताइएको छ ।
रीमा उक्त कार्यक्रमको होस्ट हुन् । झण्डै तीन साता केकी र रीमा अमेरिकामा रहनेछन् ।
तपाइँको प्रतिक्रिया