गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी संस्थाको मतदान सकियो, ३१.९१ प्रतिशत मत खस्यो

गैँडाकोट, २८ जेठ । गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतदान सकिएको छ । छैटौँ अधिवेशन अन्तर्गत संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार गैँडाकोट ५ स्थित जनक नमुना माध्यमिक विद्यालयमा मतदान भएको हो ।
निर्वाचनमा ५ हजार ९ सय २८ उपभोक्ता सदस्य मध्ये १ हजार ८ सय ८३ मत खसेको गैँडाकोट खानेपानीका कार्यलय प्रमुख रवीन्द्रराज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार कुल मतदाताको ३१.९१ प्रतिशत मात्र मत खसेको हो ।
खानेपानी संस्थाको अध्यक्ष पदका लागि पूर्व वडा अध्यक्ष गैंडाकोट ४ का कृष्णप्रसाद न्यौपाने र संस्थाका संस्थापक उपाध्यक्ष गैंडाकोट ८ का ज्ञानेन्द्रप्रसाद सापकोटा चुनावी मैदानमा हुनुहुन्छ । यसैगरि संस्थाको उपाध्यक्ष पदका लागि कृष्ण सापकोटा र कुलप्रसाद शर्मा प्रतिस्पर्धामा हुनुहुन्छ ।
उक्त खानेपानी संस्थामा ८ वटा कलष्टर रहेको छ । जसमा प्रत्येक कलष्टरमा संयोजकसहित चार सदस्य रहनेछन् ।
संस्थाको सचिव, कोषाध्यक्ष, सहसचिव, लेखा समिती संयोजक, लेखा समिती सदस्य सहित कलष्टर नम्बर एकको कलष्टर सदस्य, कलष्टर नम्बर २ को कलष्टर सदस्य, कलष्टर नम्बर ३,४,५,६,७ र ८ मा सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भएको छ ।
त्यस्तै खुल्ला महिला सदस्य पदमा मिनादेवी शर्मा, देवी पोख्रेल, शान्ति सापकोटा, कमला सुनार, पद्मा देवी शर्मा सुवेदी, रेनु श्रेष्ठ, शान्ति क्षेत्री, शुसिला आचार्य, लक्ष्मी लामिछाने पोख्रेल र हिरा रिमाल भुषालको उम्मेदवारी रहेको छ ।
त्यस्तै कलष्टर नम्बर एकमा संयोजक पदका लागी राजु सापकोटा र मोहन आचार्यको उम्मेदवारी रहेको छ । त्यसैगरि कलष्टर नम्बर २ को संयोजकमा खेमराज तिवारी, विश्वनाथ नेपाल, शक्तिप्रसाद नेपाल, रामप्रसाद थापा र बद्री काप्रीको उम्मेदवारी रहेको छ ।
मतगणना शनिबार राती खानेपानी संस्थाको सभाहलमा हुनेछ ।
तपाइँको प्रतिक्रिया