गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी संस्थाको नयाँ नेतृत्व चयनका लागि मतदान जारी

गैँडाकोट, २८ जेठ । गैंडाकोट पम्पिङ्ग स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतदान जारी छ । छैटौँ अधिवेशन अन्तर्गत संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ७ बजे गैँडाकोट ५ स्थित जनक नमुना माध्यमिक विद्यालयमा मतदान सुरु भएको हो ।
खानेपानी संस्थाको अध्यक्ष पदका लागि पूर्व वडा अध्यक्ष गैंडाकोट ४ का कृष्णप्रसाद न्यौपाने र संस्थाका संस्थापक उपाध्यक्ष गैंडाकोट ८ का ज्ञानेन्द्रप्रसाद सापकोटा चुनावी मैदानमा छन् ।
यसैगरि संस्थाको उपाध्यक्ष पदका लागि कृष्ण सापकोटा र कुलप्रसाद शर्मा प्रतिस्पर्धामा छन् । निर्वाचन प्रक्रिया दिउँसो ४ बजेसम्म चल्ने गैँडाकोट खानेपानीका कार्यलय प्रमुख रवीन्द्रराज घिमिरेले जानकारी दिनुभयो ।
संस्थाको सचिव, कोषाध्यक्ष, सहसचिव, लेखा समिती संयोजक, लेखा समिती सदस्य सहित कलष्टर नम्बर एकको कलष्टर सदस्य, कलष्टर नम्बर २ को कलष्टर सदस्य, कलष्टर नम्बर ३,४,५,६,७ र ८ मा सम्पूर्ण पदमा निर्विरोध निर्वाचित भएको छ ।
त्यस्तै खुल्ला महिला सदस्य पदमा मिनादेवी शर्मा, देवी पोख्रेल, शान्ति सापकोटा, कमला सुनार, पद्मा देवी शर्मा सुवेदी, रेनु श्रेष्ठ, शान्ति क्षेत्री, शुसिला आचार्य, लक्ष्मी लामिछाने पोख्रेल र हिरा रिमाल भुषालको उम्मेदवारी रहेको छ ।
त्यस्तै कलष्टर नम्बर एकमा संयोजक पदका लागी राजु सापकोटा र मोहन आचार्यको प्रतिस्पर्धा हुने छ । त्यसैगरि कलष्टर नम्बर २ को संयोजकमा खेमराज तिवारी, विश्वनाथ नेपाल, शक्तिप्रसाद नेपाल, रामप्रसाद थापा र बद्री काप्रीको उम्मेदवारी रहेको छ ।
तपाइँको प्रतिक्रिया