लियो क्लबले गैँडाकोटको हरिहर शिवालयमा बाँड्यो सर्बतपानी

गैँडाकोट, ३० साउन । लियो क्लब अफ गैँडाकोट मौलाकालिकाले सोमबार गैँडाकोटमा सयपत्री फूल रोप्ने र सर्बतपानी वितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । क्लबले गैँडाकोट नगरपालिका–७ स्थित हरिहर शिवालय मन्दिर परिसरमा फूल रोपेको हो ।
साउनको अन्तिम सोमबारको पूजा गर्न मन्दिर आएका भक्तजनलाई सर्बतपानी वितरण गरिएको क्लबका अध्यक्ष सरोज कँडेलले बताउनु भयो । कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गैँडाकोट नगरपालिका ७ का वडा अध्यक्ष होमनाथ सापकोटा रहनु भएको थियो । वडा अध्यक्ष सापकोटाले धर्म र सँस्कृतिको रक्षार्थ युवा अगाडि बढ्दा आफूलाई निकै खुसी लागेको बताउनुभयो ।
वडा अध्यक्ष सापकोटाले धर्म र सँस्कृति मासियो भने सबैथोक मासिने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा लियो जिल्ला परिषदका पदाधिकारी, क्लबका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।
तपाइँको प्रतिक्रिया