नायिका मिरुनामाथि दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका फुर्वा लामा धरौटीमा रिहा

काठमाडौँ, १७ जेठ । ‘कबड्डी ४’ की नायिका मिरुना मगरमाथि दुर्व्यवहार गरेको आरोपमा सोमबार पक्राउ परेका २४ वर्षीय फुर्वा लामा मंगलबार धरौटीमा रिहा भएका छन् । लामा तीन हजार धरौटीमा रिहा भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
मुगु स्थायी घर भएका लामाले सुन्धारास्थित सिभिल मलको एक कफी सपमा आफूलाई दुर्व्यवहार गरेको भन्दै नायिका मिरुनाले प्रहरीमा उजुरी दिएकी थिइन् । उनकै उजुरीको आधारमा लामालाई पक्राउ गरिएको थियो ।
लामालाई पक्राउ गरेपछि मंगलबार काठमाडौंमा प्रदर्शन समेत भएको थियो । प्रदर्शनकारीले नायिका मगर अभिनित चलचित्रको पोस्टर जलाएका थिए । उनीहरुले लामाको रिहाईको माग गर्दै नायिकाले माफी माग्नुपर्ने भन्दै नाराबाजीसमेत गरेका थिए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले पक्राउ परेका लामा छुटेको जानकारी दिए । तामाङलाई तीन हजार रुपैयाँ धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए ।
फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको मिरूनाले आरोप लगाएकी थिइन् । उनले तामाङलाई थप्पड समेत हानेकी थिइन् । उक्त घटनाका भिडिओहरू सामाजिक सञ्जालमा आएपछि तामाङमाथि गलत आरोप लगाएको भन्दै विरोध भएको थियो ।
तपाइँको प्रतिक्रिया