गायिका मेलिना राईले तोडिन् एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्ट

गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेज तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् ।
संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी नहुने समेत स्पष्ट पारेकी छन् ।
‘इन्गेजमेन्ट गर्नु मेरो जीवनको एउटा गम्भीर निर्णय थियो । एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो । समय छोटो भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो । हामीबीच वैचारिक रुपमा स्पष्ट मतभेद देखिन थाल्यो अर्थात् हाम्रो विचारमा मेल खान सकेन,’ उनले लेखेकी छिन् ।
तपाइँको प्रतिक्रिया