नवलपुरमा पर्यटक आकर्षण गर्न ‘मिरायर’ स्पा तथा प्राकृतीक उपचार संञ्चालनमा

नवलपुर,असोज,१० । नवलपरासी वर्दघाट सुस्ता पूर्व नवलपुरमा रहेको चौधरी ग्रुपले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले ‘मिरायर’ होटल तथा स्पा सेन्टर संञ्चालनमा ल्याएको छ । सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दे ‘मिरायर’ले जिल्लामा पर्यटकहरु संख्या बृद्धी गराउन एक करोड ५० लाखको लगानिमा ‘मिरायर’ संञ्चालनमा ल्याएको बताइएको छ ।
विशेष गरेर मिरायरमा आउने पर्यटकहरुले एकै स्थानमा गल्फ, स्पा, प्राकृतीक उपचार लगायतका सेवा पाउने छन । ‘मिरायर’का क्यामेल फेरीयाले ‘मिरायर’मा पहिले गल्फ नै मुख्य आकर्षकको केन्द्र थियो भने अहिले स्पा, प्राकृतीक उपचार लगायतलाई समेत समेटेर संञ्चालनमा ल्याएको जानकारी गराउनु भयो । उहाँका अनुसार ‘मिरायर’मा आउने पर्यटकहरुलाई स्पा र प्राकृतीक उपचार गराउनका आकर्षक कोठाहरुको व्यवस्थापन गरि मनोरम प्राकृतीक शौन्दर्य बगैचाको बिचमा पर्यटकहरुलाई आरामदायिक रुपमा स्पा प्रदान गर्ने व्यवस्था मिलाईएको बताउनु भयो । उक्त स्थानमा हेलिकप्टरमा आउने पर्यटकहरुलाई हेलि प्याड सहितको व्यवस्थापन ‘मिरायर’ले गरेको जानकारी दिनु थियो । ‘मिरायर’ संगै सिजी हस्पीटालिटीले चितवनमा संञ्चालन गरेको मेघौली सेरायीको बारेमा समेत जानकारी गराइएको थियो ।
पत्रकार सम्मेलनमा पत्रकारहरुलाई ‘मिरायर’ क्षेत्र संगै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बिनोद कुमार चौधरीले आफ्नो बालपन देखि सुरु गरेको व्यवशायिक यात्रामा प्रयोग गरिएका र व्यवसााय तथा राजनिती क्षेत्रमा गरेका कृयाकलाप सहितको म्यूजियमको समेत अवलोकन र जानकारी गराइएको थिथो । उद्यमी बन्नको लागि के र कसरी कसरी उद्यमी बन्न बिनोद चौधरीले गरेका कठिन संघर्षलाई कलात्मक रुपमा चित्र तथा व्याख्यात्मक शैलिमा तयारी गरिएको संघ्रालयको सिजीआईपीका नन्दकिशोर महतोले पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो । यस्तै पत्रकारहरुलाई शाश्वतधामका विषयमा पनि जानकारी गराइएको थियो । बैदिक सनातन धर्मको उद्गम क्षेत्र र बैदिक हिन्दु धर्म, संस्कृतीको संरक्षणका लागि शाश्वतधामले गरेका कार्यहरुबारे समेत जानकारी गराइएको थियो ।
तपाइँको प्रतिक्रिया