सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

नारायणगढ–मुग्लिन सडकमा दिनदिनै पहिरो, लामो समय सताउने संकेत

  •  | २० श्रावण २०७९, शुक्रबार १४:०० , प्रकाशीत
  • Published By: Mukundasen Online
  • चितवन, २० साउन । खोलामा पानीको साटो लेदो मिसिएको पहिरो बग्न थालेपछि मौरी पुलमा सोमबारयता हरेक दिन घण्टौं बाटो बन्द हुने गरेको छ । नारायणगढ–मुग्लिन सडकमा पहिरोको समस्या नौलो भने होइन ।

    सडक विस्तारको काम सुरु भएपछि ५–७ वर्षयता पहिरोको समस्या गम्भीर रुपमा देखापरेको हो । तर‚ मौरी खोला पुलमा भने झन्डै दुई दशकअघि गएको ठूलो पहिरो अहिले फेरि सक्रिय भएको छ । यसले लामो समय सताउने संकेत दिएको छ ।

    नारायणगढदेखि मुग्लिनतर्फ २१ दशमलब ७६० किलोमिटर पर रहेको सो ठाउँमा पहिरोले दुःख दिन थालेको दुई वर्ष भयो । ‘मौरी पुलमा ७७ सालको बर्खायाममा पनि पहिरो गयो । गत वर्ष पनि पहिरोकै कारण बाटो थुनियो । अघिल्ला वर्षहरूमा अलिक सानो पहिरो थियो । यो वर्ष भने निकै ठूलो पहिरो खस्यो‚’ भरतपुरको डिभिजन सडक कार्यालयका इन्जिनियर शिव खनालले भने । पत्रे चट्टान र लेदो मिसिएको पहिरो आएर पुलमाथि थुप्रिने गरेको छ ।

    चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार सोमबार राति ११ बजे गएको पहिरो मंगलबार १० बजेतिर मात्रै सफा भएर गाडी चल्न सुरु भएका थिए । गाडी चलेको पाँच घण्टा नहुँदै राति दुई बजे पछाडि फेरि पहिरो खस्यो । बुधबार बिहान नौ बजेपछि पहिरो सफा भएर बल्ल गाडी चलेको डीएसपी अधिकारीले बताए । बिहीबार मध्याह्न र शुक्रबार बिहान पनि पहिरोले बाटो थुन्यो ।

    वि.सं. २०६० सालको बर्खायाममा चितवनमा ठूलो बाढी(पहिरो आएको थियो । त्यति बेला भरतपुरको डिभिजन सडक कार्यालयमा इन्जिनियर थिए प्रकाश उपाध्याय । हाल अवकास जीवन बिताइरहेका उपाध्यायलाई त्यति बेला बाढीले नारायणगढ(मुग्लिन सडकको ठाउँ ठाउँमा पुर्‍याएको क्षतिको राम्रैसँग हेक्का छ । ‘माथिबाट ठूलो पहिरो आएर मौरी पुलमाथि थुप्रिएको थियो‚’ उपाध्यायले भने । अहिलेको समस्या पनि ठ्याक्कै त्यस्तै हो ।
    बर्खा लागेपछि नारायणगढ(मुग्लिन सडकको पाँच(सात ठाउँमा पहिरो गएर निकै दुःख दिने गर्दछ । प्रायः सडक विस्तार या पुल बनाउनका लागि पहाड काटेको ठाउँबाट पहिरो गएको छ । मूल सडक हुँदै माथि गएका सहायक मार्गका कारण पहिरो जाने समस्या पनि एकाध ठाउँमा देखिएको छ । तर‚ मौरी खोलाको अवस्था यी दुईभन्दा फरक छ । त्यहाँ आडमा कुनै पहाड छैन । एउटा सानो खोल्सो छ ।

    पुलबाट दक्षिणतिर झन्डै तीन सय मिटर पर पहाडको पाखोमा लगातारजसो पहिरो खसिरहेको हुन्छ । पानी आएको समयमा त्यहीँको पहिरो बग्दै आएर मौरी पुलमाथि थुप्रिन्छ । ‘६० सालमा पहिरो आएर पुलमा थुप्रिएपछि हामी हेर्दै हेर्दै माथिको डाँडामा पुगेका थियौं । चिरा चिरा परेर खस्न ठिक्क परेको पाखो देखेका थियौं‚’ डिभिजन सडक कार्यालयका तत्कालीन इन्जिनियर प्रकाश उपाध्यायले भने । त्यसपछि पहिरो नियन्त्रणको काम भयो ।

    सडक कार्यालयको समन्वयमा जापानको दातृ निकाय जाइकाले पहिरो नियन्त्रणको काम गरेको थियो । ‘गत वर्ष हामी माथिल्लो खण्ड हेर्न गएका थियौं । ३३ वटा जति स्याबो वाल बनाएर पहिरो रोक्ने काम भएको रहेछ । ती वाल अघिल्लो वर्षसम्म बाँकी थिए । यो वर्ष सबै बग्यो‚’ इन्जिनियर शिव खानलले भने । उपाध्यायका अनुसार माथिल्लो पहाडमा रुख बिरुवा रोप्न अडिन मिल्ने ठाउँ नै छैन ।

    पूरै पहाडमा घर छाउने स्लेडजस्तो पत्रे चट्टान छ । त्यसैले चेकड्यामले नै पहिरो रोकेको थियो । ‘झर्नुपर्ने भाग झरेर नसकिँदासम्म पानी परेपछि सधैँ यसरी नै पहिरो आइरहन्छ । त्यहाँको भूबनोट नै त्यस्तो छ । त्यसैले वाल बनार रोक्ने एउटा उपाय हो‚’ उपाध्यायले आफ्नो अनुभव सुनाए । तर‚ जाइकाको सहयोगमा पहिरो रोक्न १७ वर्षअघि राखेका सबै पर्खालहरू बगेपछि पहिरोको जोखिम झनै बढेर गएको छ ।

    ‘त्यहाँको अवस्थाका बारेमा हामीले गत वर्ष नै सडक विभागलाई जानकारी गराएका हौं । हाम्रो कार्यालयको योजना र बजेटले गर्न सक्ने काम त्यहाँ छैन । यो वर्ष समस्या झन् थपिएको छ । सडक विभागले पक्कै केही ठोस योजना ल्याउला‚’ डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर शिव खनालले भने । नारायणगढ(मुग्लिन सडक राजधानी काठमाडौंको लाइफलाइन अर्थात् जीवनरेखाजस्तै हो ।

    देशको पूर्वी तथा पश्चिम भेगलाई काठमाडौंसँग जोड्ने योजस्तो भरपर्दो मार्ग अरु छैन । यो सडक हुँदै साना(ठूला यात्रु बस, निजी गाडी र मालवाहक ट्रकसमेत गरेर दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् । पहिरोले सडक अवरुद्ध हुँदा यात्रुलाई मात्रै अफ्ठ्यारो पर्ने होइन‚ राजधानीको आपूर्ति व्यवस्थामा पनि असर पर्दछ । तर‚ पहिरोले हरेक वर्ष दुःख दिँदा पनि नियन्त्रणका कामहरू तदारुकताका साथ हुन सकेका छैनन् । (कान्तिपुरबाट)

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन
    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया
    मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत

    ताजा अपडेट

    नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

    श्रावण २६, काठमाडौं । नेकपा एमालेले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरि निर्वाचन परिचालन कमिटी...

    लोकाहामा औद्योगिक क्षेत्र निर्माणका विषयमा कावासोतीमा अन्तरक्रिया

    कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती र देवचुली नगरपालिकाको सिमानामा पर्ने लोकाहामा...

    • मध्यविन्दु नगरपालिकाद्वारा अवैध रुपमा उत्खनन् गरिएका नदीजन्य पदार्थ जफत
    • कांग्रेसको सामाजिक संजालमा रोइलो
    • कोरोनाबाट एकैदिन पाँच जनाको मृत्यु, नयाँ संक्रमित ८१५ जना
    • विष्णु माझीको नयाँ तीजगीत चरी जेलैमा–२ सार्वजनिक (भिडियोसहित)

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.