नारायणी पुलबाट हामफालेका पुरुष बेपत्ता, खोजी गर्दै प्रहरी

गैँडाकोट, १७ असार । नारायणी नदीको पुलबाट हाम फालेका एक पुरुष बेपत्ता भएका छन्। शुक्रबार विहान उनले हाम फालेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार पुलमा उनले लगाउने कोट र चप्पल भेटिएको थियो । ती व्यक्ति भरतपुरका हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे अनुसन्धान र बेपत्ता व्यक्तिको खोजी कार्य चलिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया