नवलपुरमा राति नौ बजेपछि देउसी भैलो खेल्न रोक

कावासोती,०६ कार्तीक । जिल्ला प्रशासन कार्यालय नवलपुरले राति नौ बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।
प्रशासनले एक सार्वजनिक सूचना जारी गर्दै राति नौ बजेपछि देउसी भैलोे खेल्न रोक लगाएको हो । प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । २०७९ सालको तिहार र शुभ दिपावलीका अवसरमा खेलिने देउसी भौलो राति नौ बजेसम्म मात्र खेल्नुहुन सम्बन्धित सबैमा यसै सूचना मार्फत जानकारी गराइन्छ । साथै प्रचलित धर्म परम्परा र रीतिरिवाज विपरीतको कुनै कार्य गरे , गराएमा कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।
तपाइँको प्रतिक्रिया