सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • राष्ट्रिय
    • मध्य नेपाल
    • राजनीति
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • सूचना प्रबिधि
    • अन्तर्राष्ट्रिय
    • स्वास्थ्य
    • सम्पादकीय
    • अन्य
      • विचार/ब्लग
      • रोचक

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दै, मन्त्री हेरफेरबारे के आउला निर्णय ?

  •  | ११ असार २०७९, शनिबार १०:४८ , प्रकाशीत
  • Published By: Mukundasen Online
  • काठमाडौँ, ११ असार । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ।

    बबरमहलस्थित कार्की बैङ्कटमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, सङ्गठनात्मक अवस्था, गठबन्धनलाई आगामी निर्वाचनसम्म कायम राख्ने वा नराख्नेलगायत विषयमा छलफल हुने बताइएको छ।

    बैठकले पार्टीमा सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु पठाउने निर्णय कार्यान्वनबारे छलफल गर्नेछ । यसअघि गत जेठ २२ गते पार्टीले मन्त्री हेरफेरको निर्णय गरेको थियो । तर, उक्त निर्णय सत्ता गठबन्धनकै कांग्रेस, माओवादी नेतृत्व र प्रधानमन्त्रीले समेत कार्यान्वयन गर्न अप्ठेरो भएको भन्दै अगाडि बढ्न सकेको थिएन । स्वयं एकीकृत समाजवादीभित्रै पनि मन्त्री हेरफेरबारे मतभिन्नता रहेको छ ।

    हाल सरकारमा रहेका मन्त्रीसहितका १० जना सांसद मन्त्री हेरफेर गर्ने निर्णयको विरोधमा रहेका छन् । उनीहरुले आफूहरु काम गर्दागर्दै पनि अपराधीलाई जस्तो फिर्ता बोलाउन खोजेको, नयाँ आउने मन्त्रीहरुको अनुहार समावेशी नभएको, एकै जिल्लाका दोहोरिएको तथा गैरसांसदलाई मन्त्री बनाउन खोजिएको जस्ता आरोप पनि लगाएका छन् ।

    अर्काथरीले भने मन्त्रीमा भागबण्डा नपाए पार्टी विभाजनको धम्की दिएको समेत बुझिएको छ । पार्टीभित्रको यो मतभेद हल गर्नेबारे बैठकले छलफल गर्नेछ ।

    Share This News

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन
    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण
    विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन

    ताजा अपडेट

    यसवर्षको जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन

    श्रावण २६, काठमाडौं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ...

    मध्यविन्दुका जेष्ठ नागरिकको घरमै पुगेर नियमित स्वास्थ्य परिक्षण

    चोरमारा, २५ साउन । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ...

    • विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष गिरीद्वारा त्रिवेणी–दुम्किबास सडको स्थलगत अनुगमन
    • सामुदायिक वन दिवस – विष्णुनगरमा वृक्ष रोपण
    • अवैद्य घाटगद्दी गरेका नदीजन्य पदार्थ जफत गर्दै मध्यविन्दु नगरपालिका
    • थप ८ सय ६८ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

    हाम्रो बारेमा

    सञ्चालक : मुकुन्दसेन मिडिया प्रा.लि.

    प्रबन्ध निर्देशक : असिफ गुरुङ्ग
    निर्देशक : शिला गुरुङ्ग, दिपेश गुरुङ्ग

    हाम्रो टिम

    अपरेशन ईन्चार्ज : नबिन सागर सुवेदी
    प्रधान सम्पादक : सूर्यप्रकाश कंडेल
    सम्पादक :
    न्यूज डेस्क : हिमा अर्याल
    आईटि : त्रिबिक्रम रेग्मी
    बजार संयोजक : भरत भट्टराई
    ग्राफिक्स : सुनिल शाही
    ड्रोन फोटोग्राफी : नारायण आचार्य (सौगात)
    फोटोग्राफी : गणेश आचार्य
    भिज्वल एडिटर :
    प्राबिधिक : नबिन धिताल

    रिपोर्टरहरु

    आनन्द पोखरेल
    बिन्दु वाग्ले
    विवेक भण्डारी
    सुस्मा सुनार

    Contact

    MUKUNDASEN MEDIA PVT. LTD.
    Gaindakot 8, Congress chowk 
    Nawalpur , Nepal

     078-501420 । 501604   9855054138 । 9802938495   [email protected]
    Corporate Office
    Kathmandu-10, Anamnagar, Nepal
    Contact : +977-9801654138
    Branch office
    Kawasoti 2 Haat Bazar Line
    Mobile : 9800773371

    © Mukundasen Television  2018  |  All rights reserved Website By : WebsoftNepal Pvt.Ltd.