नेटफ्लिक्स र माइक्रोसफ्टबीच साझेदारी

एजेन्सी । नेटफ्लिक्स र माइक्रोसफ्टले एक समझदारी गरेका छन् । यससँगै अब नेटफ्लिक्सले विज्ञापनसमर्थित सदस्यता योजना पनि ल्याएको छ । नेटफ्लिक्सले ग्राहक संख्या कम हुँदा पनि यस्तो योजना ल्याउने घोषणा गरेको हो ।
दुवै कम्पनीले यो जानकारी आफ्नो ब्लगमा सेयर गरेका छन् । तर, विज्ञापनसमर्थित योजना कहिलेदेखि ल्याइने भन्ने निश्चित मिति भने बताइएका छैनन् ।
माइक्रोसफ्टले नेटफ्लिक्सको साथ पाउँदा निकै रोमाञ्चित भएको बताएको छ। माइक्रोसफ्टले विज्ञापन आवश्यकताहरूको साथ नेटफ्लिक्स दर्शकहरूमा पुग्ने बताएको छ । अब नेटफ्लिक्समा विज्ञापनहरू माइक्रोसफ्ट प्लेटफर्ममार्फत मात्र आउनेछन् ।
साझेदारीबारे नेटफ्लिक्स सीओओ ग्रेग पीटरले भने, ‘यो केवल प्रारम्भिक दिनहरू हो । हाम्रो उद्देश्य एकदम स्पष्ट छ । हामी ग्राहकलाई पूर्ण रूपमा फरक अनुभव दिन चाहन्छौं ।’
यस महिनाको शुरुमा नेटफ्लिक्सले एपको समर्थित मोडलका लागि वार्नर ब्रदर्स, युनिभर्सल र सोनी पिक्चर्स टेलिभिजनसँग कुराकानी गरिरहेको रिपोर्ट आएको थियो। यद्यपि नेटफ्लिक्सले अहिलेसम्म त्यस्तो कुनै स्पष्टीकरण भने दिइसकेको छैन ।
नेटफ्लिक्सले पहिलो त्रैमासिकमा २ लाख सदस्य गुमाएको बताएको छ । कम्पनीले अहिले अन्य धेरै ब्रान्डहरूसँग प्रतिस्पर्धा गरिरहेको छ । अमेजन प्राइम र डिज्नीका कारण नेटफ्लिक्सका ग्राहक पनि घटेको अनुमान गरिएको छ । कमजोर अर्थतन्त्रका कारण धेरै मानिसले यसको योजनाहरू किन्न सकेका छैनन् ।
तपाइँको प्रतिक्रिया