भरतपुरको मेयरमा माओवादीको उम्मेदवारी रहने पक्कापक्की

काठमाडौँ, ६ वैशाख । नेकपा (माओवादी) केन्द्रले भरतपुर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने पक्कापक्की भएको छ । सत्तारुढ गठबन्धनबीच सोमबार साँझ बसेको सिट बाँडफाँटसम्बन्धी बैठकले भरतपुरमा मेयरको उम्मेद्वारी माओवादीलाई दिने सहमति गरेको हो ।
यसैगरी बैठकले भरतपुर सहित देशभरिका ६ महानगरमध्ये ५ वटामा सहमति गरेको छ भने पोखराको विषय अझै टुंगिन नसकेको नेताहरुले जानकारी दिएका छन्।
बैठकमा काठमाडौँ, ललितपुर र विराटनगरमा कांग्रेसले उम्मेदवारी दिने सहमति भएको छ । त्यस्तै वीरगञ्ज जनता समाजवादी पार्टीले पाउने भएको छ। पोखरा महानगरमा भने समाजवादी र कांग्रेस दुवैको दाबी भएका कारण सहमति हुन नसकेको नेताहरुले जानकारी दिए।
बैठक मंगलबार फेरि बस्ने गरी टुंगिएको छ। सोमबार बिहान र सोमबार अपराह्न दुईपटक बैठक बसी नेताहरुबीच छलफल भएको हो।
तपाइँको प्रतिक्रिया