राष्ट्रिय युवा संघ गैँडाकोट ८ ले गरेको कार्यक्रममा ५४ जनाले गरे रक्तदान

गैँडाकोट, ६ बैशाख ।
राष्ट्रिय युवा संघ नेपाल गैँडाकोट ८ कमिटीको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् । गैँडाकोट कृषि उपज संकलन केन्द्रमा भएको कार्यक्रमको नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको थियो । ।कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले रगत अभाव भैरहेको समयमा गरिएको यस कार्यक्रमले धेरै विरामिको ज्यान जोगाउन सहयोग पुर्याउने बताउनु भयो । ठाउँ ठाँउमा यस्ता कार्यक्रमलाइ निरन्तरता दिन नगरप्रमुख पौडेलले आग्रह गर्नु भयो । ।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि राष्ट्रिय युवा संघ नेपाल नवलपुर जिल्ला अध्यक्ष कृष्ण कडेँलले युवाहरुलाई सामाजिक काममा अग्रसर गराउन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सल्हाकार एवम् राष्ट्रिय अपाङ्ग संघका केन्द्रीय सदस्य यदुनाथ सिग्देल, नेकपा एमाले वडानम्वर ८ का अध्यक्ष श्रीहरी चालिसे, वडानम्वर ८ का जनप्रतिनिधि नरवहादुर आले लगायतको उपस्थिती थियो ।अध्यक्ष नविन रानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल गैँडाकोट नगर सचिव अर्जुन पराजुलीले सहजीकरण गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया